सेन्चुरीको बोनस सेयर किन्ने आज अन्तिम दिन




काठमाडौैं । सेन्चुरी बैंकले १० प्रतिशत बोनस सेयरको लागि शुक्रबारदेखि भोली बुक क्लोज गर्ने भएको छ ।

बैंकको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्न सेयर खरिद गर्ने आज अन्तिम दिन हो ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २२ करोड ३९ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैंक अहिले अरनिको बिकास बैंक, इनोभेटिभ बिकास बैंक, सगरमाथा फाइनान्स र अल्पाइन बिकास बैंकलाई प्राप्ती गर्ने प्रक्रियामा छ ।

# अघि प्रकाशित समाचारमा हेडलाइन गलत भएकोमा सच्चाइएको छ ।


क्लिकमान्डु