वार्षिक अर्बभन्दा बढीको फूलको कारोबार, भोलीदेखि काठमाडौंमा पुष्प मेला



काठमाडौ । नेपालमा वार्षिक एक अर्बभन्दा बढीको फूलको कारोबार हुने गरेको छ । गत आर्थिक वर्ष ०७२/७३ मा १ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको फुलको कारोबार भएको छ ।

विसं २०११ मा नेपाल प्राइभेट नर्सरीको स्थापनासंगै सामान्य स्तरमा सुरु भएको पुष्पव्यवसाय आर्थिक वर्ष ०७२/७३ सम्म आईपुग्गा १ अर्ब ५१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको फ्यान उपाध्यक्ष दिलिप बादेलेले जानकारी दिए ।

सिजनल फूलबिरुवा २५ करोड ३ लाख, आलंकारिक वोट बिरुवा ४६ करोड ६ लाख रुपैयाँ, कट फ्लावर्स २४ करोड ६९ लाख रुपैयाँ , ल्याण्डस्केप तथा गार्डेनिङ १९ करोड ६८ लाख रुपैयाँ, खुल्ला फूल ८ कारोड ९ लाख रुपैयाँ, सामग्रीआपुर्ति १४ करोड ९७ लाख रुपैयाँ , अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) ९ करोड ६२ लाख रुपैयाँ र निर्यात ३ करोड २५ लाख रुपैयाँको फूल कारोबार भएको हो ।

हाल नेपालमा ६ सय ७८ पुष्पव्यवसायी र लगभग १ सय ४८ हेक्टर क्षेत्रफलमा पुष्पव्यवसाय हुने गरेको छ । पुष्पव्यवसायबाट ४१ हजारभन्दा धेरै व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष आश्रित भएको बादेलेले बताए ।

‘शान्ती, सम्बृद्धितथा स्वच्छ वाताबरणको लागिपुष्पव्यवसाय’ भन्नेनाराका साथ बिहिबारदेखि तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो मेला काठमाडौंको भुकुटी मण्डपमा आयोजना हुँदैछ । मेला ४ दिनसम्म संचालन हुने आयोजकले जानकारी दिएका छन् ।


क्लिकमान्डु