सिटिजन्सको एटिएम सेवा ग्वार्को र बर्दिबासमा



काठमाडौं । सिटिजन्स बैंकले बुधबारबाट ललितपुरको ग्वार्को शाखा र महोत्तरीको बर्दिबास शाखामा एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

यि दुई स्थानमा सेवा विस्तारसँगै एटिएम संख्या ५६ पुगेको बैंकले जानकारी दिएको छ । बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २७ वटा एटिएम सेवा सञ्चालनमा रहेको छ । बैंकले ५८ वटा शाखा मार्फत बैंकिङ सेवा प्रधान गरिरहेको छ ।


पुष्प दुलाल