मंगलबारको बृद्धि रोकियो, साढे २ अर्बको सेयर कारोबार




काठमाडौं । हिजो मंगलबार सर्किट ब्रेक लाग्दै बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधबार भने घटेको छ । बुधवारको बजार तीव्र रुपमा उताचढाव रहेको छ । बजार खुलेको १५ मिनेटसम्म बढेर १६४५ बिन्दु पुगेको परिसूचक ४५ मिनेट घटेको थियो । त्यसपनि पुनः बढेको परिसूचक १६ सय ३५ मा पुगेपनि पुनः ओरालो लागेर १५८८.२७ बिन्दुमा झरेको छ ।

नेप्से परिसूचक घटेपनि सेयर कारोबारमा भने अत्याधिक बृद्धि देखिएको छ । सेयर बजारमा अहिलेसम्म कै उच्च २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । यसले बजारमा सेयर बेच्ने र नयाँ लगानीकर्ता आएको देखाएको छ ।

समुहगत परिसूचकको आधारमा व्यापार समूह बाहेक सबै समुहको परिसूचक ओरालो लागेको छ । केही लगानीकर्ताले नाफा बुक गर्नको लागि सेयर बिक्री गरेपनि कारोबार रकम बढी भएको हुँदा नेप्सेले बुलिस ट्रेण्डनै  नै जाने सम्भावना बढी रहेको विश्लेषकहरु बताउँछन् ।


क्लिकमान्डु