बौद्धमा ओम डेभलपमेन्ट बैंकको शाखा



काठमाडौं । ओम डेभलपमेन्ट बैंकले काठमाडौंको बौद्धमा ३१औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरे ।

शाखाको उद्घाटनको क्रममा डेपुटी गर्भनले महिला उधमशिलताको विकासमा सहयोग पुगोस भन्ने उदेश्यले माइक्रोबस चालक श्रीमती रीता थापा मगरलाई सम्मान गरेका छन् ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गराँउदै मनास्लु विकास बैंकसँग मर्जरको लागि बिशेष साधारणसभाले स्वीकृती दिईसकेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकसँग संयुक्त कारोवार गर्न अन्तिम स्वीकृतीको लागि निवेदन पेश गर्न तयारीमा रहेको ब्यहोरा जानकारी दिए । मर्जरपछि बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने जानकारी दिईएको थियो ।


पुष्प दुलाल