आधा घन्टामै ३ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट ब्रेक लाग्यो




काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा बजार खुलेको २५ मिनेटमै ३ प्रतिशतले बढेपछि १५ मिनेटका लागि कारोबार बन्द (सर्किट ब्रेक) गरिएको छ ।

बिहान ११ बजे खुलेको नेप्से साढे ११ बजे ५० अंकको हाराहारीमा बढेपछि सर्किट ब्रेक लगाइएको हो ।

# १५ मिनेटको सर्किट ब्रेक लागेपछि खुलेको सेयर बजार बढ्दो क्रममै रहेको छ । लगानीकर्ताले निर्वाचन हुने आशमा सेयरमा लगानी बढाउन लागेका छन् ।


पुष्प दुलाल