महिनाको १३ हजार ३ सय ५७ रुपैयाँ तिरेर रिनोल्ट गाडी चढ्न सकिने



काठमाडौं । महिनाको १३ हजार ३ सय ५७ रुपैयाँ तिरेर रेनोल्टको क्विड चढ्न सकिने भएको छ ।

रेनोल्टको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रा. लि.(विशाल समूहको सहायक) ले एक्सचेन्ज कार्निभल नेपालका मूख्य शहरहरुमा शुभारम्भ गरेको छ । योजनामा रेनोल्ट डस्टर महिनाको २८ हजार २ सय रुपैयाँ तिरेर चढ्न सकिने छ ।

रेनोल्टको क्विड तथा डस्टर मोडलसँग एक्सचेन्जको सुविधा उपलब्ध हुनेछ । यो अफर अन्तर्गत रेनोल्ट क्विड वा डस्टर एक्सचेन्ज वा खरिदमा न्यूनतम मासिक किस्ताबन्दिमा किन्न सकिनेछ । यसको लागि प्रति वर्ष ८.९९ प्रतिशतको ब्याज दरमा सहज फाइनान्स तथा एक्सचेन्जको सुविधा छ । त्यसैगरि नगद छुट, २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक करका साथै ५ वर्षसम्मको बिस्तारित वारेन्टी ग्राहकले प्राप्त गर्न सक्ने छन् ।

एक्सचेन्ज कार्निभल काठमाडौंमा यहि चैत्र ११ गते देखि चैत्र १६ गतेसम्म आयोजना हुँदैछ, त्यसैगरि भैरहवा÷बिर्तामोडमा चैत्र १३ गते देखि चैत्र १५ गते सम्म, बुटवल÷बिराटनगरमा चैत्र १६ गतेदेखि चैत्र १८ गतेसम्म, र नारायणघाट÷पोखरामा चैत्र १९ गतेदेखि चैत्र २१ गतेसम्म आयोजना हुँदैछ । एक्सचेन्ज कार्निभलमा स्पट फाइनान्सिंग तथा एक्सचेन्जको सुविधा पनि उपलब्ध गरार्ईएको छ ।

यो नयाँ वर्ष रेनोल्ट वाउ ईयरको रुपमा मनाउनुहोस् । अब पुराना गाडीहरु एक्सचेन्ज गर्नुहोस् र न्यूनतम मासिक किस्तामा क्विड वा डस्टर चाड्नुहोस ।


क्लिकमान्डु