तपाईंको शहरमा कुन सेयर दलाल आउँदैछ ?



काठमाडौं । नेप्सेको निर्देशनपछि सेयर दलालहरु धमाधम काठमाडौं उपत्यकाबाहिर शाखा विस्तार गरिरहेका छन् । आइतबारमात्रै विभिन्न दलाल कम्पनीले मोफसलका ६ शहरमा शाखा विस्तार गरेका थिए ।

बैशाख १५ भित्र देशभरका १८ शहरमा सेयर ब्रोकरले शाखा खोलेर सेयर कारोबार सेवा दिइसक्ने स्टक ब्रोकर एसोशिएसनका अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए ।

मोफसलका १८ शहरमध्ये ९ शहरमा ब्रोकरले शाखा स्थापना गरिसकेका छन् । अबको एक महिनाभित्र थप ९ शहरमा शाखा खोल्नुपर्नेछ ।

अरुण सेक्युरिटजले महेन्द्रनगर, ओपल सेक्युरिटिजले इटहरी, मार्केट सक्युरिटिज एक्सचेन्जले पोखरा र जेएफ सेक्युरिटिजले दमकमा शाखा विस्तारको अनुमति पाएका छन् ।

सेयर ब्रोकरले देशभरका विभिन्न ४१ स्थानमा शाखा विस्तार गर्न निवेदन दिएका थिए । सोही अनुसार नेप्सेले सहमति पनि दिएको थियो ।

त्यसैगरी, आसुतोष ब्रोकरेज एण्ड सेक्युरिटिजले इटहरी, प्रज्ञान सेक्युरिटिजले विराटनगर, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङले बनेपा, प्रिमो सेक्युरिटिजले बीरगन्ज, सगरमाथा सेक्युुरिटिजले इटहरी र सिल्पा सेक्युरिटिजले नारायणगढमा शाखा विस्तारको अनुमति पाएका छन् ।

मिदास स्टक ब्रोकिङले बुटबल, सिप्रबी सेक्युरिटिजले बीरगन्ज, स्वेता सेक्युरिटिजले बीरगन्ज, एसियन सेक्युरिटिजले बुटबल, श्रीकृष्ण सेक्युरिटिजले विराटनगर, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले बुटबल, भिजन सेक्युरिटिजले बनेपा र कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले पोखरामा शाखा विस्तारको अनुमति पाइसकेका छन् ।

त्यस्तै सेक्युअर्ड सेक्युरिटिजले बिर्तामोड, स्वर्णलक्ष्मी सेक्युरिटिजले हेटौडा, सुमेरु सेक्युरिटिजले बिर्तामोड, क्रियटिभ सेक्युरिटिजले बनेपा, लिन्च स्टक मार्केटले बुटबल, सानी सेक्युरिटिजले नारायणघाट, साउथ एशियन बुल्सले विर्तामोड र डाइनामिक मनी म्यानेजर सेक्युरिटिजले बनेपामा शाखा विस्तार गर्न अनुमति पाएका छन् ।

इम्पेरियल सेक्युरिटिजले नेपालगन्ज, कालिका सेक्युरिटिजले नेपालगन्ज, निभ सेक्युरिटिजले इटहरी, त्रिशक्ति सेक्युरिटिजले पोखरा, अनलाइन सेक्युरिटिजले धरान, क्रिष्टल कन्चनजंघा सेक्युरिटिजले बिराटनगर र अक्सफोर्ड सेक्युरिटिजले नारायणघाटमा शाखा विस्तारको अनुमति पाएका छन् ।

यस्तै सुन्धारा सेक्युरिटिजले बेशिसहर, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपालले पोखरा, सेवा सेक्युरिटिजले हेटौडा, भृकुटी स्टक ब्रोकिङले इटहरी, श्री हरि सेक्युरिटिजले बिर्तामोड, आर्यातारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले बुटबल, नासा सेक्युरिटिजले बीरगन्ज र दिब्य सेक्युरिटिज एण्ड स्टक हाउसले बागलुङमा शाखा विस्तार गर्न अनुमति पाएका छन् ।


पुष्प दुलाल