नेप्से बढ्दा पनि यी ३ कम्पनीका सेयरधनीलाई घाटा



काठमाडौं । नेप्से परिसूचक ४७.७९ अंकले बढ्दा पनि तीन कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आइतबार सप्तकोशी विकास बैंक, साहारा बिकास बैंक र प्रभु इन्स्योरेन्स प्रमोटर सेयरका लगानीकर्ताले गुमाएका हुन् ।

सप्तकोशी विकास बैंकको १ कित्ता सेयर हुने सेयरधनीले आइतबार एकैदिन १३ रुपैयाँ गुमाएका छन् । त्यसैगरी सहारा विकास बैंकका सेयरधनीले ९ रुपैयाँ र प्रभु इन्स्योरेन्सका सेयरधनीले ११ रुपैयाँ गुमाए ।

सप्तकोशी विकास बैंकले हालसालै १०० प्रतिशत हकप्रद जारी गरको थियो । बैंकको चौथो बार्षिक साधारणसभाले १०० प्रतिशत हकप्रद पछि गत आर्थिक बर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र १ सय ३० प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय पारित गरिसकेको छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ९४ लाख ६५ हजार रुपैंयाँ खुद नाफा कमाएको छ ।

पुस १४ गते देखि २१ गतेसम्म १५० प्रतिशत हकप्रद सेयर बिक्रि गरको साहारा बिकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ४१ लाख रुपैंयाँ खुद नाफा गरेको छ ।

यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीले आगामी चैत ३० गतेबाट ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्दैछ । कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २ करोड ९७ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । साथै, गत बर्षको नाफाबाट कम्पनीले १७ प्रतिशत बोनस सेयर बितरण गरेको थियो ।


पुष्प दुलाल