नेपाल हाइड्रोले पायो आइपिओ निष्कासनको अनुमानी



काठमाडौं । नेपाल हाइड्रो पावर कम्पनीले साधारण सेयर(आइपिओ) निष्कासनको अनुमती पाएको छ । धितोपत्र बोर्डले नेपाल हाइड्रोलाई ३ करोड करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासनको लागि अनुमती दिएको हो ।

यसको निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ । नेपाल हाइड्रोले दोलखाको चर्नावती खोलामा बनेको ३.५ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ ।
कम्पनीले आयोजना प्रभावितलाई १० प्रतिशत सेयर निष्कासन गरिसकेको छ ।


क्लिकमान्डु