आस्वा प्रणाली लाई प्रभावकारी धितोपत्र बोर्डको छलफल



काठमाडौं । धितोपत्रले बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी बनाउनको लागि छलफल शुरु गरेको छ । बोर्डले गत माघदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।

हालसम्म उक्त प्रणालीबाट समेत फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, यूनाईटेड मोदी र स्ट्याण्डर्ड चार्टर्ड बैंक गरेर तीन कम्पनीले सार्वजनिक निष्कासन गरेका छन् । आस्वा प्रणालीमा औसतमा संकलित रकमको आधारमा ५० प्रतिशत तथा संकलित आवेदन फारमको आधारमा ४५ प्रतिशत भन्दा बढी संकलन भएबाट आस्बा प्रणालीमा लगानीकर्ताहरुको सहभागितामा वृद्धि हँुदै आईरहेको छ ।

बोर्डले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोर्डमा आस्वा प्रणाली कार्यान्वयन सम्बन्धमा छलफल कार्यक्रमको आयोजना गरी आस्वा प्रणालीलाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि छलफल गरेको छ ।

छलफलका क्रममा सहभागीहरुबाट आश्वा शुल्कलाई परिमार्जन गर्ने, दरखास्त फारमलाई अझ सरलिकृत गर्न तथा आस्वा सदस्य बैंकबाट मर्चेन्ट बैंकलाई दरखास्त फारम भौतिक रुपमा नपठाई तथ्यांक मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन उपयुक्त हुने लगायतका सुझाव प्राप्त भएको बोर्डले जनाएको छ ।


क्लिकमान्डु