हिमालयन बैंकको सेयर लिलामी आजदेखि




काठमाडौं । हिमालयन बैंकले आज बिहिबार देखि १ लाख ४५ हजार ५ सय ६० कित्ता सेयर लिलामी गर्ने भएको छ ।

लिलामी सकार्न चाहनेले चैत १६ गतेसम्म आवे दिइसक्नुपर्नेछ ।

बैंकले जारी गरेको ७ः१ अनुपात हकप्रदमा नबिकेको सेयर लिलामी गर्न लागेको हो । बैंकले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो ।

लिलामी सकार्नका लागि लक्ष्मी क्यापिटल नयाँबानेश्वर पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ ।

हाल हिमालयन बैंकको चुक्ता पूँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैंयाँ रहेको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब २ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । बैंकको प्रति सेयर आम्दानी ३५ रुपैंयाँ १५ पैसा छ ।
बैंकको अन्तिम कारोबार मुल्य ९ सय ५७ रुपैंयाँ छ ।


क्लिकमान्डु