कृषि विकास बैंकको बोनस पाउन चैत १७ सम्म सेयर किन्नुपर्ने




काठमाडौं । कृषि बिकास बैंकले १० औं साधारण सभा आगामी चैत ३१ गते गर्ने भएको छ । सभाले अघिल्लो बर्षको नाफाबाट प्रस्ताव गरिएको २० प्रतिशत बोनस सेयर, कर प्रायोजनको लागि १.०५ प्रतिशत नगद लाभांस लगायत प्रस्ताव पास गर्नेछ ।

बैंकले चैत १८ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । अर्थात २० प्रतिशत बोनस सेयर शुरक्षित गर्नको लागि चैत १७ गतेसम्म सेयर खरिद गरिसक्नुपर्नेछ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ९० करोड ६६ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । २० प्रतिशत बोनस सेयर र जारी गरिसकेको ५० प्रतिशत हकप्रद पछि बैंकको चुक्ता पूँजी ७ अर्ब ८ लाख रुपैंयाँ पुग्ने छ । यसको मतलब राष्ट्र बैंकले तोकेबमोजीम ८ अर्ब पूँजी पुर्याउन यस बर्ष पूँजी १३ प्रतिशतले थप बढाउनुपर्नेछ ।


क्लिकमान्डु