सेञ्चुरीले ४० प्रतिशत हकप्रद दिने



काठमाडौं । सेन्चुरी कर्मसियल बैंकले इनोभेटिभ बिकास बैंक एक्वाएर पछि ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव आगामी साधारण सभामा लाने भएको छ । बैंकले आगामी चैत ३१ गते हुने छैठौं साधारण सभामा ४० प्रतिशत हकप्रद र गत बर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर प्रस्ताव लग्न लागेका हो ।

४० प्रतिशत हकप्रदका लागि बैंकले आगामी चैत १८ गते बुक क्लोज मिति घोषणा गरेको छ । अर्थात, हकप्रद सुरक्षित गर्न चैत १७ गतेसम्म सेयर खरिद गरिसक्नुपर्ने छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैंकले २२ करोड ३९ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै सेन्चुरीले एक्वाएर गर्न लागेको इनोभेटिभ बिकास बैंकले पनि सोहि दिन सञ्चालक समितिको बैठक बोलाएको छ । बैंठकले अघिल्लो बर्षको नाफाबाट प्रस्ताव गरेको २१.७५ प्रतिशत बोनस सेयर, र सेन्चुरीसँगको स्वाप रेसियो र ४० प्रतिशत हकप्रद सेयरको प्रस्ताव पारित गर्नेछ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ४ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।


क्लिकमान्डु