कैलाशको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडौं । कैलाश बिकास बैंकको २० प्रतिशत हकप्रद सेयर आज (चैत १० गते) बाट बन्द हुँदैछ । बैंकले २० प्रतिशत हकप्रदको बिक्री फागुन ६ गतेबाट शुरु गरेको थियो ।

बैंकले १०० रुपैंयाँ फेस भ्यालुमा ३१ लाख ६० हजार ६ सय ७२ कित्ता सेयर बिक्रि गरिरहेको छ । ग्लोबल आइएमइ क्यापिटल यस हकप्रद निष्काशनको इस्यु म्यानेजर रहेको छ ।

हकप्रद आवेदनका लागि सेयरधनीहरुले ग्लोबल क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर र कैलाश बिकास बैंकका सबै शाखाहरुबाट फारम भर्न सक्नेछन् ।

मेट्रो बिकास बैंक र नेपाल एक्सप्रेस फाइनान्स सँग मर्जर गरेर संयुक्त कारोबार समेत शुुरु गरिसकेको बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २६ करोड ३८ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैंकको हाल चुक्ता पूँजी १ अर्ब ५८ करोड रुपैंयाँ रहेको छ । २० प्रतिशत हकप्रद पछि बेंकको पूँजी १ अर्ब ८९ करोड रुपैंयाँ पुग्नेछ ।


क्लिकमान्डु