बनेपा, नारायणघाट र बिर्तामोडबाट सेयर कारोबार तत्काल गर्न नेप्सेको निर्देशन




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बनेपा,बनेपा,नारायणघाट र बिर्तामोडबाट सेयर कारोवार तत्काल गर्न बोक्ररलाई निर्देशन दिएको छ । जतिसक्यो छिटो तीन स्थानबाट सेयर कारोवार गर्न यसको जानकारी नेप्से र बोर्डलाई दिने नेप्सेले ताकेता गरेको हो ।

नेप्सेले बुधवार बोक्ररलाई निर्देशन दिदै तीन स्थानबाट तत्काल सेयर खरिदबिक्रीको व्यवस्था मिलाउन ताकेता गरेको हो । नेप्से स्रोतका अनुसार बनेपामा भिजन सेक्युरिटी,नारायणघाटमा सनी सेक्युरिटी र बिर्तामोडमा श्रीहरी सेक्युरिटीले शाखा खोल्न लागेका छन् ।

नेप्सेको बोक्ररको शाखाको सर्भर लिंक गरेको जनाएको छ । पछिल्लो समय बोक्ररको शाखा कार्यालयको विषयमा धितोपत्र बोर्ड र नेप्सेबीच विवाद देखिएको छ ।


क्लिकमान्डु