कुमारी बैंकले शेयरधनीहरुलार्इ २१ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । कुमारी बैंकले आफ्ना शेयरधनीहरुका लागि २१ प्रतिशतको बोनस सेयर दिने भएको छ । त्यसैगरी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ ।

बैंकको बुधवार सम्पन्न १६औँ साधारणसभाले दुई करोड ९७ लाख ८६ हजार रुपैयाँ बराबरको बोनस लाभांश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको २१ प्रतिशत अर्थात्  ५६ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर स्वीकृत गरेको हो ।

साधारणसभाले काष्ठमण्डप डेभलमेन्ट बैंक,पश्चिमाञ्चल फाइनान्स,‍महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंक प्राप्तिका लागि बैंकले प्रक्रिया अगाडि बढाउने प्रस्तावसमेत पारित गरेको छ ।

बैंकले ४ विकास बैंक प्राप्तिसम्बन्धी कार्य समाप्त भई एकीकृत कारोबार भएपश्चात् कायम हुने चुक्ता पुँजीमा थप एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ ।

बैंकको निस्क्रिय कर्जा अनुपात क्रमशः सुधार हुँदै आव २०७२/७३ मा १.१५ प्रतिशत कायम रहेको र सो अवधिमा बैंकले सात करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।


क्लिकमान्डु