सिभिलले दिने भयो २.८८ प्रतिशत बोनस सेयर
काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई २.८८ प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंकको संचालक समितिले २.८८ प्रतिशत बोनस सेयर र यसमा लाग्ने करको लागि ०.१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले दिएको जानकारी अनुसार राष्ट्रबैंकबाट स्वीकृति पाएपछि बोनस सेयरको प्रस्ताव साधारणसभामा जाने छ ।