बुढिगंगामा व्यावसायिक जलयात्रा थालिने



साँफेबगर । अछामको बुढिगंगा व्यावसायिक जलयात्रा सुरू गरिने भएको छ । सम्भाव्यता अध्ययनका लागि मष्टो आउटडोर्स प्रालिले पहिलोपटक हालै जलयात्रा आयोजना गरेको थियो ।

साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम, जिउराडी हुँदै चित्रे पुलसम्म टोलीले सम्भाव्यता अध्ययन गरिएको थियो ।

अछाम जिल्लाको बुढी गंगा नदीमा जलयात्राको प्रचुर सम्भावना रहेको छ, सम्भाव्यता अध्ययनको नेतृत्व गर्दै पर्यटन व्यवसायी रमेश बहादुर कुँवरले जलयात्राका माध्यमले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने बताए । सम्भाव्यता अध्ययन पूर्णरूपमा सफल भएको भन्दै उनले निकट भविष्यमै व्यावसायिक रुपमा बुढीगंगा नदीमा जलयात्रा सञ्चालन गरिने बताए ।

सम्भाव्यता अध्यनमा सहभागि नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले भने अछाम जिल्लामा रहेको जल यात्राको प्रचुर सम्भावना रहेछ अव यसको प्रवर्द्धन गर्न सवैले हातेमालो गर्न जरुरी छ ।यस्ता गतिबिधि बढाउन स्थानीय सरकारले माष्टर प्लान बनाएर अगाढी बढ्न जरुरी छ ।

चार घण्टा लामो जल यात्राका दौरान आफूहरु निकै रोमाञ्चित भएको सहभागिहरुले बताएका थिए । जल यात्रा सम्भाव्यता टोलिमा रेडियो रामारोशनका अध्यक्ष एकिन्द्र कुँवर, कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैना, अन्य सञ्चारकर्मी, स्थानियको सहभागिता रहेको थियो ।


क्लिकमान्डु