सिटिजन्सको हकप्रद बिक्री चैत २४ देखि खुल्ला




काठमाडौं । सिटिजन्स बैंकले हकप्रद सेयर चैत २४ देखि बिक्री खुल्ला हुने भएको छ । बैंकले जारी गरेको सूचनामा चैत २४ देखि खुल्ला हुने हकप्रद बैशाख २७ सम्म भर्न सकिने छ ।

बैंकले १ सय रुपैयाँ अंकित मुल्यको दरले १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बैंकले अहिले कायम रहेको चुक्ता पुँजमिा १० बराबर २.५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरको लागि बिक्री प्रवन्धक रहेको सानिमा क्यापिटलका अनुसार हकप्रद सेयर सानिमा क्यापिटल नक्साल,सिटिजन्सका शाखा कार्यालय र सिविआईएल क्यापिटल लिमिटेडबाट भर्न सकिने छ ।


क्लिकमान्डु