यती बैंकको ‘जोडौं एक नाता खोली बैंकमा खाता’ योजना



काठमाडौं । यती डेभलपमेण्ट बैंकले सामाजीक उत्तरदायित्वअन्तर्गत बित्तीय साक्षरता अभियानलाई निरन्तरता दिन ग्रामिण क्षेत्रहरुमा बैकिङ्ग र बचतको महत्व बारे जानकारी गराउने उद्देश्यले “जोडौं एक नाता खोली बैंकमा खाता” को नारा सहित अभियानको रुपमा संचालन गर्ने भएको छ ।

ग्रामिण क्षेत्रका बिभिन्न महिला समुह, सरकारी बिद्यालय तथा शिक्षाको पहुंच कम भएका क्षेत्रहरुलाई प्राथमिकतामा राखी कार्यक्रम संचालन गरीने बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले बताए ।

बैंकले संस्थागत सामाजीक उत्तरदायित्वका बिभिन्न कार्यक्रमहरु जस्तै स्वास्थ्य परीक्षण, नारी सम्मान, बालबालिकाहरुलाई पाठ्यसामाग्रीहरु बितरण, रक्तदान जस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको जनाएको छ ।


क्लिकमान्डु