त्रिवेणी विकास बैंकको लाभांशमा सेयरधनी आफैले कर तिर्नुपर्ने



 

काठमाडौं । त्रिवेणी विकास बैंकका सेयरधनीले लाभांशको सेयर आफै तिर्नुपर्ने भएको छ ।

बैंकले जारी गरेको सुचना अनुसार सेयरधनीले लाभांशमा लाग्ने कर सेयरधनीले तिर्नुपर्ने भएको हो । सामान्यतया कम्पनीले सेयरधनीले तिर्नुपर्ने कर कट्टा गरेर लाभांशमा लाग्ने कर तिर्ने गर्छन् ।

त्रिवेणीको निर्णयले सेयरधनीलाई झन्झट हुने भएको छ । त्रिवेणीमा पब्लिक डेभलपमेन्ट बैंक र ब्राइट डेभलपमेन्ट बैंक मर्ज भएपछि सेयर खरिद गरेका लगानीकर्ताले लाभांशको कर दाखिला आफै गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसको लागि बैंकको कार्यालय र सेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । बैंकले लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।


क्लिकमान्डु