नेप्सेमा उत्साह कायमै, कारोबार रकम डेढ अर्ब नजिक



काठमाडौं । यो साताको सुरुदेखि नै बढ्दो क्रममा रहेको नेप्से परिसुचक मंगलबार पनि बढ्दो क्रममै रहेको छ ।

मंगलबार परिसुचक ३७.८५ अंकले बढेर १४६२.२३ बिन्दुमा पुगेको छ । सो दिन १ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ बराबरका २२ लाख ३४ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । सो दिन १४७ कम्पनीका सेयर खरिद विक्री भएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

सो दिन सबै समुहका उपसुचक बढेका छन् । बैंकिङ समुह ३९.४७ अंकले, होटल समुह ३७.८ अंकले, बिकास बैंक समुह ७६.३४ अंकले र जलविद्युत समुहको उपसुचक २०.६५ अंकले बढेको छ ।

यस्तै फाइनान्स कम्पनी समुहको उपसुचक १२.६६ अंकले, बीमा समुहको उपसुचक १०८.४ अंकले उत्पादनमुलक समुहको उपसुचक हिजोको बराबर नै र अन्य समुहको उपसुचक ४.०५ अंकले बढेका छन् ।

सोमबार बीमा समुहको उपसुचक अत्याधिक बढेको भएपनि मंगलबार लघुवित्तको सेयरधनी मालामाल भएका छन् । मंगलबार उच्च मूल्य बढेका १० कम्पनीमा सबै लघुवित्त नै परेका छन् ।

नेप्सेका अनुसार लक्ष्मी लघुवित्त, छिमेक लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, डिप्रोक्स, कालिका माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, फस्ट माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त, रुरल माइक्रोफाइनान्स र साना किसान विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।

सो दिन सबैभन्दा बढी गुमाउनेहरुमा ललितपूर फाइनान्स, नेसनल हाइड्रोपावर, कनकाइ विकास बैंक, दिब्यश्वरी हाइड्रोपावर खानीखोला हाइड्रोपावर लगायतका कम्पनीका सेयरधनी परेका छन् ।

रकमका आधारमा सबैभन्दा बढी कित्ता सेयर खरिद विक्री भने नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर भएको छ । सो कम्पनीको ११ करोड ८३ लाख ७७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएका छन् ।

यस्तै एनसीसी बैंकको ५ करोड ८२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ४४ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड १५ लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भएका छन् ।

मंगलबार एनसीसी बैंकको सेयर ठूलो संख्यामा खरिद बिक्री भएको छ । सो बैंकको १ लाख ६७ हजार कित्ता सेयर खरिद बिक्री भएको हो । यस्तै नबिल ब्यालेन्स फण्ड १ को १ लाख ५१ हजार कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर ८५ हजार कित्ता र सानिमा बैंकको ८१ हजार कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जानकारी दिएको छ ।


क्लिकमान्डु