एनआईसी एसियाको सेयर मुल्य समायोजन



काठमाडौं । एनआइसी एसिया बैंकको सेयर मुल्य समायोजन भएको छ । बैंकको १५ प्रतिशत हकप्रदा सेयर पछि मुल्य समायोजन भइ प्रति कित्ता ४ सय ३ रुपैंयाँ भएको छ ।

बैंकको औसत आधार मुल्य ५६३ रुपैंयाँ छ भने समायोजन अघिको मुल्य ४४९ रुपैंयाँ थियो ।

बैंकले चैत १६ गतेदेखि बैशाख १९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दैछ । एनआईसीले प्रति कित्ता १०० रुपैंयाँको दरले ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।

हकप्रद सेयर आवेदन सिभिल क्यापिटल कमलादी र एनआइसी बैंकका शाखाहरुबाट गर्न सकिनेछ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैंकले ७२ करोड १४ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८१ करोड ९६ लाख ४९ हजा। ९ सय ९८ रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २४.८० रुपैंयाँ छ ।


क्लिकमान्डु