ग्लोबल आईएमईको सेयर मूल्य समायोजन




काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मुल्य समायोजन भएको छ । बैंकको १५.७६ प्रतिशत बोनस सेयर पछि मुल्य समायोजन भइ प्रति कित्ता ३ सय ५९ रुपैंयाँ भएको छ ।

बैंकको औसत आधार मुल्य ३८९ रुपैंयाँ छ भने समायोजन अघिको मुल्य ४१६ रुपैंयाँ थियो ।

बैंकले चैत ७ गते सेयरधनी दर्ता किताब बन्द गरेको छ । अर्थात चैत ६ गते वा त्यो भन्दा अघि सेयर खरिद गरेका सेयरधनीहरुले बोनस सेयर पाउँनेछन् ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ९१ करोड ७७ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैंकले पछिल्लो समय प्यासिफिक बिकास बैंकसँग संयुक्त कारोबार थालिसकेको छ भने रिलाएबल बिकास बैंक खरिदको प्रक्रियामा रहेको छ ।


क्लिकमान्डु