डिप्रोक्सको हकप्रद बिक्री खुल्ला



काठमाडौं । डिप्रोक्स लघुवित्त कम्पनीको हकप्रद बिक्री खुल्ला भएको छ ।

डिप्रोक्सले १:१ अनुपातको दरले २५ लाख ७९ हजार २ य ३८ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । आजदेखि बिक्री खुल्ला भएको डिप्रोक्सको हकप्रद सेयर २०७४ बैशाख १० सम्म भर्न सकिने छ ।

हकप्रद बिक्रीको निष्कासन तथा बिक्री प्रवन्धक रहेको नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडका अनुसार डिप्रोक्सको सेयर नबिल इन्भेष्टमेन्ट बैकिङ नारायणचौर तथा डिप्रोक्सका शाखाबाट भर्न सकिन्छ ।


क्लिकमान्डु