चार वित्तीय संस्थाको सेयर बिक्री लिलामीमा



काठमाडौं । हिमालयन बैंकले हकप्रद सेयर जारी गर्दा बिक्री नभएको सेयरलाई लिलामीमा राखेको छ । हिमालयन बैंकले १ लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयरलाई लिलामीमा राखेको हो । सेयर लिलामी चैत १० देखि खुल्ला हुने छ । लगानीकर्ताले लक्ष्मी क्यापिटलबाट हिमालयनको लिलामीको सेयर भर्न सक्ने छन् ।

काष्ठमण्डप डेभलपमेन्ट बैंकले पनि हकप्रद जारी गर्दा बिक्री नभएको सेयर लिलामीबाट बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ । काष्ठमण्डपले १ लाख ७ हजार ६ सय १ कित्ता सेयर लिलामीमा बिक्री लागेको हो । सेयर लिलामी चैत २२ देखि चैत २८ सम्म हुने बैंकले जनाएको छ । सेयर लिलामीको लागि एनसिएम मर्चेन्ट बैंकिङबाट भर्न सकिने छ ।

यस्तै सगरमाथा फाइनान्सको सेयर लिलामी चैत ७ देखि १५ सम्म खुल्ला हुने छ । फाइनान्समा संस्थापक समूहको ५ लाख ६६ हजार २ सय ७८ कित्ता सेयरको लिलामीमा राखेको छ । फाइनान्सले गत फागुन २६ देखि चैत २ सम्म गराएको लिलामीमा १ लाख ५४ हजार ४० कित्ता लिलामीको लागि मात्र आवेदन परेको थियो । सेयर लिलामी नभएपछि फाइनान्सले पुनः लिलामीको सुचना निकालेको छ । यसको सेयर लिलामी सगरमाथा फाइनान्सबाट भर्न सकिन्छ ।

सेती फाइनान्सले हकप्रद जारी गर्दा बिक्री नभएको १ लाख ८० हजार कित्ता सेयर लिलामीको लागि सूचना निकालेको । सेती फाइनान्सको लिलामीको सेयर एनआइबिएल क्यापिटलबाट खरिद गर्न सकिन्छ । चैत ११ देखि चैत १७ सम्म सेतीको लिलामी सेयर भर्न सकिने छ ।


क्लिकमान्डु