महुलीले आइपिओ जारी गर्न पायो अनुमती




काडमाडौं । महुली सामुदायीक लघुबित्त बित्तीय संस्थाले सर्बसाधारणलाई सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अन्तिम स्वीकृती पाएको छ । कम्पनीले १ लाख २० हजार कित्ताको आइपिओ जारी गर्न लागेको हो ।
आइपिओ निष्काशन एनसिएम मर्चेन्ट बैंकिङले गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ करोड ८० लाख रुपैंयाँ रहेको छ । आइपिओ पश्चात कम्पनीको चुक्ता पूँजी ४ करोड रुपैंयाँ पुग्ने छ । हाल कम्पनीको १० जिल्लामा २८ शाखा कार्यालयहरु रहेका छन् ।


क्लिकमान्डु