न्यूनतम ३ सय २५ रुपैंया भर्नेले माछापुच्छ्रेको लिलामी सेयर पाउने




काठमाडौैं । माछापुच्छ्रे बैंकको लिलामी सेयरमा न्युनतम ३ सय २५ रुपैंया ५० पैसासम्म बोलपत्र पेस गर्नेले सेयर पाउने भएका छन् ।

लिलामीमा अधिकतम ३७५ रुपैंयाँसम्म राखेर बोलपत्र पेस भएको बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ । बोलपत्रको अन्तिम दिन कम्पनीको मुल्य नेप्सेमा ३५५ रुपैंयाँ थियो । कृषि बिकास बैंकको लिलामीमा झैं यसमा पनि आवेदनकर्ताले बजार मुल्य भन्दा बढी मुल्यमा सेयर कबुलेका छन् ।

बैंकले फागुन २७ देखि चैत ३ गतेसम्म सेयर लिलामी गरेको थियो ।


क्लिकमान्डु