कुमारीको ५० प्रतिशत हकप्रद बिक्री आजदेखि खुल्ला




काठमाडौं । कुमारी बैंकले आजबाट (चैत ६ गते) ५० प्रतिशत हकप्रद सेयर बिक्रि खुल्ला गरेको छ । सेयरधनीले आगामी बैशाख १० गतेसम्म हकप्रद भर्नसक्ने छन् ।

कुमारी बैंकले कुल १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सिद्धार्थ क्यापिटल लिमिटेडले हकप्रद निष्काशनको काम गर्नेछ ।

सेयरधनीहरुले हकप्रदका लागि आवेदन फारम सिद्धार्थ क्यापिटल अनामनगर र कुमारी बैंकका सम्पूर्ण शाखाहरुकाट प्राप्त गर्न सक्नेछन् ।

हकप्रद पछि बैंकको चुक्त पूँजी ४ अर्ब ४ करोड पुग्ने । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६९ करोड छ । बैंक अहिले काष्ठकण्डप बिकास बैंक, पश्चिमाञ्चल फाइनान्स, काक्रेबिहार बिकास बैंक र महाकाली बिकास बैंकलाई पनि एक्वाएर गर्ने प्रक्रियामा छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैंकले २७ करोड ९३ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । .


क्लिकमान्डु