एनआईसी हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन




काठमाडौं । एनआइसी एसिया बैंकले १५ प्रतिशत हकप्रद सेयरका लागि भोली सोमबारबाट दर्ता किताब बन्द गर्ने भएको छ ।

अर्थात हकप्रद सेयर सुरक्षित गर्न लगानीकर्ताले सेयर किन्ने आज आइतबार अन्तिम दिन हो ।

बैंकले हालको चुक्ता पूँजीको १५ प्रतिशतका हिसाबले ८७ लाख २९ हजार ४ सय ७५ कित्ता सेयर जारी गर्न लागेको हो । बैंकले आगामी बैशाख १९ गतेबाट हकप्रद बिक्रि गर्ने भएको छ ।हकप्रदको ब्यवस्थापन सिभिल क्यापिटलले गर्नेछ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ७२ करोड १४ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । हकप्रद पछि बैंकको चुक्ता पूँजी ६ अर्ब ६९ करोड रुपैंयाँ पुग्ने छ । बैंकले राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब पूँजी पुर्याउन थप १९.६ प्रतिशतले पूँजी बृद्धि गर्नुपर्ने छ ।


क्लिकमान्डु