स्टान्डर्ड चार्टर्डको एफपिओमा साढे २८ अर्बको आवेदन



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले निष्काशन गरेको फरदर पब्लिक अफरिङ (एफपीओ) मा साढे २८ अर्ब रुपैयाँ बराबरको सेयर माग भएको छ ।

१ लाख ८१ हजार २ सय ३३ आवेदनबाट २८ अर्ब ४९ करोड ९६ लाख रुपैयाँको सेयर माग भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार सो विवरणमा केही थप हुन सक्छ । किनभने आश्वा सदस्य रहेको केही संकलन केन्द्रबाट बिबरण आइनसकेकाले सो बिबरणमा केही थप हुने उनले बताए । आइतबार ११ बजेसम्ममा सबै बिबरण संकलन हुने उनको भनाई छ ।

आश्वा प्रणालीबाट ६१ हजार ५ सय ६ आवेदन मार्फत १६ अर्ब ९५ करोड ५१ लाख रुपैयाँको सेयर माग भएको छ । त्यसैगरी, पुरानो प्रणालीको फारमबाट १ लाख १९ हजार ७ सय २७ वटा आवेदन मार्फत ११ अर्ब ५४ करोड ४५ लाख रुपैयाँको सेयर आवेदन भएको छ ।

चौथो दिन एकदिन १ लाख ८ हजार बढी आवेदकले १८ अर्ब बढी माग आवेदन दिएका हुन् ।

तेस्रो दिन अर्थात चैत ३ गते एकैदिन ५० हजार आवेदकले ६ अर्ब १९ करोड रुपैयाँ बराबरको माग आवेदन दिएका छन् ।

एफपिओ निष्काशन भएको तेस्रो दिनसम्ममा ७२ हजार आवेदकले १० अर्ब ६ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

पहिलो दिन १० हजार आवेदकले १ अर्ब ५ करोड रुपैयाँ बराबरको माग गर्दै आवेदन दिएका थिए । दोस्रो दिन १२ हजार आवेदकले १ अर्ब ७६ करोड रुपैयाँको माग आवेदन दिएका थिए ।

जसअनुसार बैंकले एफपिओमार्फत् सर्वसाधारणसँग ३ अर्ब ३३ करोड रुपैयाँ उठाउने छ ।

बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँका दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निष्काशन गरेकोहो । चैत १ गतेदेखि निष्काशन गरेको एफपिओमा चैत ४ गतेसम्म बिक्री खुल्ला गरिएको थियो ।


पुष्प दुलाल