बैशाख १ गतेदेखि दैनिक बैंकहरुको सीसीडी रेसियो अनुगमन गरिने




काठमाडौं । नेपाल राष्ट्र बैंकले ०७४ बैशाख १ गतेदेखि दैनिकरुपमा बैंकहरुको कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो)को अनुगमन गर्ने भएको छ ।

केही समययता राष्ट्र बैंकले मासिकरुपमा सीसीडी रेसियोको अनुगमन गर्दै आएको थियो । त्यसअघि भने यस्तो रेसियोको अनुगमन त्रैमासिकरुपमा हुन्थ्यो ।

‘दैनिकरुपमा गणना हुने सीसीडी रेसियोको तोकिएको सीमा नाघेमा राष्ट्र बैंक ऐन-०५८ को दफा ९९ अनुसार बढी प्रवाहित कर्जा रकममा बैंक दरले हुन आउने रकम बराबर रकम हर्जना लगाइने छ,’ बिहीबार जारी परिपत्रमा भनिएको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंकहरुले जनतासँग लिएको निक्षेपमा पुँजी थप गरी हुन आउने रकमको ८० प्रतिशत मात्रै कर्जा प्रवाह गर्न पाउने छन् ।

तर, राष्ट्र बैंकले तोकेका उत्पादनशील क्षेत्रमा प्रवाह गरेको कर्जाको सीडी रेसियो गणनामा भने ५० प्रतिशत छुट दिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको परिपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्


क्लिकमान्डु