इसुजु मोडलका दुई पिकअप नेपाली बजारमा



काठमाडौं । जापानिज गाडी इसुजुका दुई नयाँ मोडल नेपाली बजारमा भित्रिएका छन् । कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेजले नेपाली बजारमा इसुजुको भि क्रस र इसुबी डि म्याक्स मोडलको गाडी नेपालमा भित्रिएको हो । जसमा डि म्याक्सको मुल्य  ७२ लाख ९० हजार र भि क्रसको ६० लाख ९० हजार रहेको छ ।

कन्टिनेन्टलले अहिलेसम्म थाइल्याण्डमा बनेको इसुजुको गाडी बिक्री गर्ने गरेको थियो । नयाँ आएका मोडल भारतमा निर्माण भएका हुन् । गौरीधारामा इसुबीको शोरुमको नेपाल स्थित जापानी दुतावासका डेपुटी चिफ अप मिसन साइने माचिडा,इसुबी मोटरका थाइल्याण्डका कार्यकारी उपाध्यक्ष तोरु किसिमोटो र कन्टिनेन्टल टे«डिङका अध्यक्ष सृहुत घिमिरेले उद्घाटन गरे ।
घिमिरेले मुल्यको आधारले इसुजुको पिकअप नेपाली बजारमा उपयोगी हुने बताए । ‘ इसुजुका गाडी देश सुहाउदो खालको रहेका छन्,’ उनले भने ।


क्लिकमान्डु