महालक्ष्मी विकास बैंक तथा यति डेभपलमेन्ट बैंक मर्ज भए, चुक्ता पूँजी २ अर्ब रुपैंया पुग्यो



काठमाडौं । महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंक एकआपसमा मर्ज भएका छन् । दुबै बैंक एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा आज सम्झौता सम्पन्न भएको छ ।

एक आपसमा गाभ्ने गाभिने सहमति पत्रमा महालक्ष्मी विकास बैंकको तर्फबाट मर्जर समितिका संयोजक संजय गिरी र यति डेभलपमेन्ट बैंकको तर्फबाट मर्जर समितिका संयोजक अर्जुन प्रसाद शर्माले हस्ताक्षर गरे । मर्जरपछि महालक्ष्मी विकास बैंकको नामबाट संयुक्त कारोबार हुने जानकारी दिईयो ।

सम्झौताअनुसार गाभिएपछि बन्ने राष्ट्रिय स्तरको विकास बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ पुग्ने छ ।

मर्जरपछि बन्ने विकास बैंकको निक्षेप २३ अर्ब ८४ करोड र कर्जा लगानी १९ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ भने शाखा संख्या ६५ तथा ग्राहक संख्या ३ लाख ४५ हजार पुग्दै देशको सबैभन्दा ठूलो विकास बैंकको रुपमा स्थापित हुने बताईएको छ ।

मर्जरपछिको बैंकको संचालकमा महालक्ष्मीको तर्फबाट ४ जना तथा यतिको तर्फबाट ४ जनासहित ८ सदस्यीय संचालक समिति बन्ने छ ।

शेयर स्वाप अनुपात भने सम्पत्ति दायित्व मूल्यांकनपछिको प्रतिवेदनको आधारमा निर्धारण हुने सहमती भएको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु