ओम डेभलपमेन्ट र मनास्लु विकास बैंक मर्जहुने, मर्जपछि १०:३ हकप्रद शेयर दिने



पोखरा । ओम डेभलपमेन्ट बैंकले १०ः३ अनुपातको हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको चैत १ गते बसेको विशेष साधारणसभाले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

बैंकको साधारणसभाले मनास्लु विकास बैंकसँग मर्जरको लागि स्विकृती समेत प्रदान गरेको छ  । मर्जरपछि बैंकको साधारणसभाले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

बैैकले हकप्रद शेयर र चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर जारी गरि बैंकको चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँ पुर्याउने योजना बनाएको छ । कार्यक्रममा बैंकका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक राजेन्द्र कुमार बाटाजुले बैंकको मर्जर लगायतका विषयमा जानकारी दिएका थिए ।

२०७३ पौष मसान्तको वित्तीय बिवरणको आधारमा मर्जरपछि बैंकको कुल निक्षेप १५ अर्ब २४ करोड रुपैयाँ र कर्जा १३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकको शाखा संख्या ४२ र ग्राहक संख्या १ लाख ७० हजार पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए ।

मनास्लु विकास बैंकले पनि चैत्र १ गते नै ओमसँगको मर्जर स्विकृतीको लागि बिशेष साधारण सभा सम्पन्न गरेको छ ।


क्लिकमान्डु