होली सकिएपनि नेप्से भने रातो रङको होली खेल्दै




काठमाडौं । रङको पर्व होली सकिएपनि नेपाल स्टक एक्सजेन्ज(नेप्से) परिसूचकले भने रातो रङको होली खेलेको छ । मंगलवार नेप्से परिसूचक ८.१४ अंकले घटेर १३ सय ४७ बिन्दुमा झरेको छ ।

मंगलवार नेप्सेमा ५२ करोड ८५ लाख रुपैयाँको सेयर कारोवार भएको छ । १ सय ३७ कम्पनीको ९ लाख ४५ हजार २ सय २८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार शुरु भएपछि केही समय बढेपनि त्यो टिकाउ भने हुन सकेन । आजदेखि स्टाण्डर्ड चार्टर्ड बैंकको एफपिओ खुलेको हुँदा लगानीकर्ता त्यसमा पनि आकर्षित भएको अनुमान गरिएको छ । समुहगत परिसूचकको आधारमा उत्पादन मुलक बाहेक सबै समुहको परिसूचक ओरालो लागेको छ । बढी कमाउनेमा सेती फाइनान्सका लगानीकर्ता रहेका छन् । यस्तै ओरियन्टल होटलका लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु