एक महिनाभित्र नबिलको नगद लाभांश नलिए पैसा नपाइने




काठमाडौ । एक महिना भित्रमा नबिल बैंकको नगद लाभांश सेयरधनीले नलिएमा सो रकम नपाइने भएको छ । नबिल बैंकले जारी गरेको सुचना अनुसार लगातार ५ वर्षसम्मपनि नगद लाभांश लिन नआएका सेयरधनीको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जाने छ ।

सेयर भर्नको लागि लामो लाइन लाग्ने गरेपनि कतिपय सेयरधनीले लाभांश रकम लिएका छैनन् । यसरी सेयरधनीले लिन बाँकी रहेको लाभांश रकमलाई कम्पनी ऐनमा लगानीकर्ता संरक्षण कोष गठन गर्न सकिने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु