रेनोल्टको क्विड र डस्टरमा ‘वाउ अफर’ योजना, १३,३५७ रुपैयाँमै क्विड गाडि किन्न पाईने



काठमाडौं। रेनोल्टको नेपालका लागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्स प्रा लि( विशाल समूहको सहायक) ले रेनोल्ट वाउ अफर सार्वजनिक गरेको छ । कम्पनीले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो ।

कम्पनीले ल्याएको नयाँ अफर ‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ ईयर, नाउ ड्राइभ दि क्विड अर डस्टर एट लोएस्ट ईएमआई एभर’ नारा सहित आएको जनाएको छ ।

यहि साता देखि नयाँ वर्षलाई लक्षित गरेर यो नयाँ योजना सार्वजनिक गरिएको हो । योजनाले संभावित ग्राहकहरुका लागि सजिलो मासिक किस्ताबन्दीको विशेषताहरुको बारेमा जानकारी दिन्छ ।

ग्राहकहरुले आविश्कारिक तथा रोमाञ्चक क्विड तथा डस्टर न्यूनतम मासिक किस्तामा क्रमशः २८,२०० रुपैयाँ र १३,३५७ रुपैयाँ तिरेर प्राप्त गर्न सक्ने बताईएको छ । यसको लागि ८.९९% वार्षिक ब्याज दरमा सजिलो फाइनान्स दिने कम्पनीले उल्लेख गरेको छ ।

योजनामा २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक कर, सजिलो एक्सचेन्ज सुविधा तथा अतिरिक्त नगद छुटको व्यवस्था रहेको तथा रेनोल्टका गाडिहरु पाँच वर्षको वारेन्टीका साथमा आउने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु