चैत ६ सम्म सेयर किन्नेले एनआईसी एशियामा हकप्रद पाउने




काठमाडौं । एनआइसी एशिया बैंकले १५ प्रतिशत हकप्रद जारी गर्न चैत ७ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । चैत ६ गतेसम्म बैंकको सेयर किन्नेले हकप्रद पाउँछन् ।

नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजी पु¥याउन बैंकले हाल चु्क्ता पुँजीको १५ प्रतिशत, ८७ करोड २९ लाख ४७ हजार ५ सय रुपैंयाँको बराबरको हकप्रद जारी गर्न लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८१ करोड ९६ लाख रुपैंयाँ छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ७२ करोड १४ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।


क्लिकमान्डु