माछापुच्छ्रेको पौने ४ लाख कित्ता सेयर लिलामी सुरु, मेगाको झण्डै ४ लाख कित्ता चैत १३ देखि लिलामीमा




काठमाडौं । माछापुछ्रे बैंकले शुक्रबारबाट हकप्रदमा नबिकेको सेयरको लिलामी शुरु गरेको छ । बोलपत्र फागुन २७ गते शुक्रबारदेखि चैत ३ गतेसम्म भर्न पाइनेछ ।

माछाले मंसिर १९ गते देखि माघ २ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । बैंकले सो हकप्रदमा नबिकेको सर्वसाधारण समूहको ३ लाख २३ हजार २ सय ६ कित्ता र प्रमोटर तर्फको ४८ हजार ६ सय २३ कित्ता गरि जम्मा ३ लाख ७१ हजार ८ सय २९ कित्ता सेयर लिलामी गर्न लागेको हो ।

बैंकको बिक्री प्रबन्धक सिभिल क्यापिटल, कमलादीमा गएर बोलपत्र भर्न पाइन्छ । बोलपत्र भर्दा डिम्याट खाता भने अनिर्वाय उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ । डिम्याट खाता उल्लेख नभएको बोलपत्र रद्द हुनेछ ।

साथै, बोलपत्र भर्दा न्युनतम १ सय कित्ता र बढीमा १० अंकले भाग जाने सबै कित्तामा आवेदन दिन पाइने छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ५७ करोड ५३ लाख १० हजार रुपैंयाँ खुद नाफा गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २४.६६ रुपैंयाँ छ र प्रतिसेयर नेटवर्थ १२६.७७ रुपैंयाँ छ ।

यस्तै मेघा बैंकले हकप्रदमा नबिकेको सर्वसाधारण र संस्थापक समुहको सेयर चैत १३ बाट लिलामी गर्ने भएको छ । बोलपत्र चैत २१ गतेसम्म भर्न पाइने छ ।

बैंकले साउन २७ गतेदेखि जारी गरेको २५ प्रतिशत हकप्रद सेयरमा नबिकेको २ लाख १७ हजार ८ सय ९० कित्ता सर्वसाधारण समुहको र १ लाख ६८ हजार ९ सय ९२ कित्ता प्रमोटर समुहको सेयर लिलामी गर्न लागेको हो ।

बोलपत्र भर्दा न्युनतम १ सय कित्ता र त्यो भन्दा बढि १० अंकले भाग जाने सबै कित्तामा आवेदन दिन पाइने छ ।

बैंकले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ३७.०७ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । हाल टुरिजम बिकास बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार बन्द छ । बैंकको पछिल्लो सेयर मुल्य प्रतिकित्ता ४५८ रुपैंयाँ कायम छ ।


क्लिकमान्डु