मुक्तिनाथ विकास बैंकका ४ वटा शाखा एकै पटक



काठमाडौं । मुक्तिनाथ विकास बैंकले नवलपरासीको भुमही, पर्साको वीरगञ्ज, ओखलढुङ्गाको सिद्धिचरण र रामपुर गरी ४ वटा शाखा कार्यालयहरु स्थापना गरेको छ ।

नवलपरासीको भुमही शाखाको समुद्घाटन नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भीम बहादुर थापा क्षेत्रीले, वीरगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकाल र ओखलढुङ्गाको सिद्धिचरण शाखा र रामपुर शाखाको समुद्घाटन ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दहालले गरेका थिए ।

बैँकले कृषि क्षेत्रको विकास र विस्तार गर्न उपयुक्त वित्तीय सेवाहरु कार्यान्वयनमा ल्याउने बताईएको छ ।

बैंकका ४ वटा शाखा समुद्घाटन कार्यक्रममा उक्त क्षेत्रका व्यापारी, समाजसेवी, कृषक र स्थानीय नागरिकहरु लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले ५५ वटा शाखा कार्यालयहरुबाट १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको छ । यस विकास बैँकको हालसम्म कुल रु. १५ अर्ब  निक्षेप संकलन गरी रु. १३.५ अर्ब कर्जा लगानी गरेको जनाएको छ ।


क्लिकमान्डु