नेप्से सूचक ६ अंकले बढ्यो, ५२ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुधार देखिएको छ । नेप्से आज बिहिवार ५.९७ अंकले बढेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक १३४७.५३ अंकमा अडेको छ ।

बिहीबार १ सय ३८ कम्पनीका १० लाख ४५ हजार कित्ता सेयर किनबेच भएका छन् । ५२ करोड ४८ लाख ७५ हजार मुल्यको कारोबार भएको छ ।

आज उत्पादन मुलक र अन्य समूहमा गिरावट आएको छ । उत्पादन मुलक १२.५७ र अन्य समूह ४.६३ अंकले घटेको छ ।

आज सूधार गर्ने समूहमा बैंक ६.९४, होटल २४.८६, विकास बैंक २.३९, जलविद्यृत १३.४६, वित्त १.७७ र बीमा ५९.२५ अंकले वृद्धि हासिल गरेका छन् ।

नेप्सेमा आरएसडी लघुवित्त र नयाँ नेपाल लघुवित्त विकास बैंकका  लगानीकर्ताले कमाउन सफल भए । उनीहरुले क्रमश ९.९८ र ९.९५ प्रतिशतले कमाएका हुन् ।
हिमालयन डिस्टिलेरीका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् । हिमालयनका लगानीकर्ताले ९.८५ प्रतिशतले गुमाए ।


क्लिकमान्डु