वेष्टर्न डेभलपमेन्ट र सेती फाइनान्स सेयर लिलामीमा




काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंक र सेती फाइनान्सले बिक्री नभएको सेयर लिलामी प्रक्रियामाबाट बेच्ने भएका छन् ।

वेस्टर्न डेभलपमेन्ट बैंक चैत १३ देखि २१ सम्म तथा सेती फाइनान्सले चैत ११ देखि १७ सम्म बिक्री खुल्ला गरेको हो ।

वेस्र्टनले संस्थापक तर्फ १ लाख ६३ हजार ५ सय १ कित्ता तथा सर्वसाधारण तर्फ ६२ हजार १ सय ३४ कित्ता सेयर लिलामीमा राखेको छ ।

सेती फाइनान्सले १ लाख ८० हजार ३५ कित्ता संस्थापक सेयर बिक्रीको लागि लिलामीमा राखेको हो । वेस्टर्नको लागि प्रभु क्यापिटलबाट आवेदन दिन सकिन्छ । सेती फाइनान्स एनआईबिएल क्यापिटलबाट सेयर भर्न सकिन्छ ।


क्लिकमान्डु