सानिमा बैंकले खोल्यो टिमुरेमा नयाँ शाखा



रसुवा । सानिमा बैंकको ४५ औं शाखा कार्यालय रसुवाको टिमुरेमा स्थापना भएको छ । मंगलबार बैंकले ४५ औं शाखा कार्यालय रसुवाको टिमुरेमा युके एडद्वारा प्रवद्र्धित सक्षम परियोजनासँगको सहकार्यमा स्थापना गरेको हो ।

शाखाको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले गरेका थिए ।

उद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द द्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुबाट निरन्तर सहयोग तथा संरक्षणको अपेक्षा व्यक्त गर्दै यस टिमुरे शाखाबाट नेपाल–चीन आयात–निर्यातमा थप सहजिकरणका साथै ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने बताए ।

साथै आगामी दिनहरुमा बैंकले सबल अनि विश्वसनीय बैंकको रुपमा मेची देखी महाकालीसम्म आफ्नो ब्यवसाय बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका ४५ वटा शाखा र ५० वटा एटिएम छन् ।


क्लिकमान्डु