कृषि बिकास बैंकको सेयर लिलामीमा ६०१ सम्म बोली लाग्यो



काठमाडौं ।  कृषि विकास बैंकले लिलामीमा राखेको करिब २० लाख कित्ता सेयर आज बाँडफाँड भएको छ ।

बढी मुल्य कबोल गर्नेले सेयर पाउँने व्यवस्था अनुरुप बितरण भएको सेयरलाई सबैभन्दा बढी कबोल गर्नेले ६ सय १ रुपैयाँसम्ममा कबुलेका छन् ।

यसरी बोलकबल अनुसार ३ सय ६१ रुपैयाँसम्ममा कबुलगर्न चाहनेले सेयर पाएका छन् ।

बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको १९ लाख ६८ हजार कित्ता सेयरलाई लिलामी मार्फत बिक्री गरेको हो ।
बैंकले गत कात्तिक ३ देखि मंसर ७ सम्म १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । एस क्यापिटलका अनुसार १२ हजार भन्दा बढी लगानीकर्ताले आबेदन दिएका थिए । जसमा २ हजार १ सय जनाले मात्र सेयर पाएका छन् ।


क्लिकमान्डु