गोल्डस्टारजुत्ता अब भाटभटेनीमा पाइने



काठमाडौं । गोल्ड स्टार जुत्ता अबदेखि भाटभटेनी डिपार्टमेन्ट स्टोरमा पाइने भएको छ ।

गोल्डस्टारको आधिकारीक उत्पादक किरण शुज म्यानुफ्याक्चरले भाटभटेनीका शाखा मार्फत गोल्डस्टारका जुत्ता उपलब्ध गराउने भएको छ ।

पहिलो चरण अन्तर्गत गोल्डस्टार जुत्ताहरु महाराजगंज र नक्साल रहेको भाटभटेनीको शाखामा उपलब्ध हुने छ ।

कन्पनीको योजनाअनुरुप, गोल्डस्टार जुत्ता आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै, चाडै नै हरेक भाटभटेनीे शाखामा उपलब्ध हुने छ ।

२०४६ साल देखि विक्री प्रबधन सुरु भएको गोल्डस्टार जुत्ता, अहिले देशभर उपलब्ध छ । साथै, भारतीय बजारमा पनि उत्पादनको माग र लोकप्रियता बढ्दो क्रममा रहिआएको छ ।


क्लिकमान्डु