दार्चुला महोत्सव चैत ५ देखि




दार्चुला । दार्चुलामा पर्यटन महोत्सव आयोजना हुने भएको छ । दार्चुला पर्यटन महोत्सव चैत ५ देखि १२ सम्म आयोजना हुने भएको हो ।

स्थानीय उत्पादनको प्रवर्दधन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको दार्चुला उद्योग वाणिज्य संघले जानकारी दिएको छ । प्रदर्शनीमा स्थानीय उत्पादन सहुलियतमा विक्रीवितरण गरिने संघले जनाएको छ ।
प्रदर्शनीमा स्थानिय सांस्कृतिक प्रस्तुति तथा कला प्रदर्शनी (देउडा गीत, छलिया नाच) आदिको आयोजना गरिने छ ।


क्लिकमान्डु