प्रभु बैंकमा जागिर खाने हो ? २७ जनालाई अबसर



काठमाडौं । प्रभु बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर २७ भन्दा धेरैका लागि आवेदन माग गरेको हो ।

बैंकले जुनियर अफिसरमा ११ जना, सुपरभाइजरमा १० जना, आइटिमा ५ जना, कानुनमा २ जना र म्यानेजमेन्ट ट्रेनिङ, जुनियर असिस्टेन्टमा मागसंख्या नतोकेर आवेदन मागेको छ ।

आवश्यक पदमा न्युनतम योग्यता पुगेकाले एकसाताभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन फारम प्रभु बैंकको वेवसाइटबाट डाउनलोड गर्न सकिने बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु