जनता बैंकको सेयर लिलामी चैत १ देखि खुल्ला




काठमाडौ :  जनता बैंकले बिक्री नभएको हकप्रद सेयरको लिलामी चैत १ बाट गर्ने भएको छ । लिलाम भर्ने अन्तिम मिती चैत १५ तोकिएको छ ।

बैंकले लिलाम बढाबढ प्रक्रियाबाट बिक्री हुने छ । बैंकले संस्थापक समूहको ३ लाख ९६ हजार ५ सय २६ कित्ता तथा सर्वसाधरणको ३ लाख ७१ हजार २६ हजार कित्ता सेयर लिलाममा राखेको हो । यसको बिक्री प्रवन्धकमा एनसिएम मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ ।

लिलाम प्रक्रियामा सेयर भर्नको लागि एनसिएमको कार्यालयबाट फारम लिएर भर्नुपर्छ । बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम १ हजार कित्ता सेयर तथा सर्वसाधरण तर्फ न्यूनतम एक सय कित्ता आवेदन गर्न पाइन्छ । संस्थापक तर्फ अधित्तम ३ लाख ९६ हजार ५ सय २६ कित्ता र सर्वसाधरण तर्फ अधित्तम ३ लाख ७१ हजार २६ कित्ता सेयर भर्न सकिने छ ।


क्लिकमान्डु